काठमाडौं,३० भदौ । सरकारले संसदको बर्षे अधिवेशन अन्त्यगर्ने तयारी थालेको थाहाभएको छ । आजभने प्रतिनिधिसभाको बैठक बस्दै छ । आगामी असोज १५ गतेसम्मको सम्भावित कार्यसूचीसहितको संसदीय क्यालेन्डर प्रकाशित भएसँगै त्यसपछि एक वा दुई बैठक राखेर अधिवेशन अन्त्यगर्ने तयारी भएको बताउन थालिएको छ । असोज १६ गते प्रतिनिधिसभाको बैठक राखेर अधिवेशन अवधिका गतिविधिमाथि छलफल गराउने तयारीसमेत भएको नेताहरुले बताउनु भएको छ । त्यसपछि चालू अधिवेशन अन्त्यगरी अर्को अधिवेशन पुसमा बोलाउने सरकारको तयारी रहेको बताइएको छ। चालू अधिवेशन गत वैशाख २८ बाट शुरुभएको थियो। यसैबीच प्रतिनिधिसभाको बैठक आज अपरान्ह १ः०० बजे बस्दैछ ।

आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सामान्य प्रशासन मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने सम्भावित कार्यसूची तयभएको संसद सचिवालयले जनाएको छ । यस्तै, बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले एशियाली विधायिकी संस्थाहरुको परिषद्को सदस्यता प्राप्तगर्नेसम्बन्धी सम्मिलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस्भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । त्यसैगरी आज अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकबस्ने कार्यक्रम छ ।