काठमाडौं, ७ मंसिर । आज नेपाल र भारतका प्रधानमन्त्रीबीच दिल्लीको हैदराबाद हाउसमा द्विपक्षीय भेटवार्ता हुँदै प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको दोस्रो दिन आजको कार्यतालिकाअनुसार आज बिहान १०ः०० बजे नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा प्रम वालेन्द्रलाई औपचारिक स्वागत गरिदैछ । त्यसलगत्तै उहाँ १०ः४० बजे राजघाट पुग्ने कार्यक्रम छ । दिनको ११ः०० बजे हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्रीसँग द्विपक्षीय वार्तापछि दिउँसो १२ः२५ बजे हैदराबाद हाउसमै समझदारीपत्र (एमओयू) हरुको आदान–प्रदान तथा संयुक्त प्रेस वक्तव्य जारी हुनेछ ।

त्यसपछि दिउँसो ३ः१५ बजे प्रधानमन्त्री वालेन्द्रले राष्ट्रपति भवन पुगेर भारतीय राष्ट्रपतिसँग भेट्ने कार्यक्रम छ । हिजो अपरान्ह भारत पुग्नुभएका प्रधानमन्त्रीले त्यहाँ भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरिसक्नुभएको छ । नयाँदिल्लीस्थित होटल ताजमहलमा भएको भेटवार्तामा नेपाल र भारत सम्बन्धका विविध पक्ष, कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल श्रेत्रीले जानकारी दिनुभएको छ ।

त्यसैगरी प्रधानमन्त्री वालेन्द्र र विदेशमन्त्री जयशंकरबीच द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा पनि सो अवसरमा छलफल भएको भनिएको छ । प्रधानमन्त्रि वालेन्द्र अपरान्ह ४ः५० बजे स्वदेश फिर्ताका लागि प्रस्थानगर्ने कार्यसूची रहेको छ ।