
काठमाडौं, ७ मंसिर । विश्वव्यापी तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित राख्ने पेरिस जलवायु सम्झौताको लक्ष्य कार्यान्वयनगर्ने विषयमा सहमति जुट्न नसक्दा कोप–३१ सम्मेलन अन्योलपूर्ण अवस्थामा टुगिएको छभने नेपालको ठूलो धनराषि ब्यर्थमा खर्च चएको छ । उक्त सम्मेलनमा भाग लिन नेपालकामात्रै आधा दर्जन मन्त्रि त्यहाँ पुगेको र हप्तौं ब्यतित गरेको देखिएको थियो । जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (आइपिसिसी) का आगामी वैज्ञानिक प्रतिवेदन प्रकाशनको समयतालिकाबारे साउदी अरेबिया, भारत र केन्याले असहमति जनाएपछि वार्तामा थप विवाद भएको हो । सन् २०२८ मा हुने उत्सर्जन न्यूनीकरण प्रयासको समीक्षाअघि प्रतिवेदन सार्वजनिक गर्नुपर्ने युरोप, अफ्रिका र प्रशान्त क्षेत्रका राष्ट्रहरुको माग छ । मस्यौदामा तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने जोखिमप्रति चिन्ता व्यक्त गरिए पनि त्यसलाई रोक्ने ठोस उपायमा सहमति हुन सकेन । बेलायतकी जलवायु वार्ताकार केट ह्युजले प्रस्तावित दस्तावेजले जलवायु विज्ञान र सामूहिक महत्वाकांक्षालाई कमजोर बनाएको बताउनुभएको छ ।
त्यसैगरी विकासशील राष्ट्रलाई जलवायु अनुकूलनका लागि सहयोगगर्ने एकखर्ब २० अर्ब अमेरिकी डलरको लक्ष्य मस्यौदाबाट हटाइएपछि असन्तुष्टि बढेको छ । मार्सल टापुकी जलवायु दूत क्याथी जेटनिल–किजिनरले आर्थिक सहयोगबिना जलवायु परिवर्तनको असर सामना गर्न कठीन हुने बताउनुभएको छ । नेपालसहित विश्वका विभिन्न क्षेत्रमा जलवायुजन्य विपद् बढिरहेका बेला उत्सर्जन न्यूनीकरण र प्रभावित राष्ट्रलाई सहयोगगर्ने विषयमा ठोस निर्णय हुन नसक्दा सम्मेलनको समापन निराशाजनक बनेको छ । टर्किए– जीवाश्म इन्धनको स्पष्ट उल्लेख नगरिएको जलवायु सम्झौताप्रति युरोपेली संघ (इयु) र पानामाले आपत्ति जनाएपछि टर्कीमा जारी कोप ३१ सम्मेलनको निष्कर्ष अन्योलमा परेको छ । सम्मेलनको निर्धारित समय सकिएको ४४ घण्टापछि पनि करिब २०० देशबीच सहमति जुट्ननसकेको बताइन्छ । आयरल्यान्डका जलवायु तथा ऊर्जा मन्त्री डाराघ ओ’ब्रायनले जीवाश्म इन्धन जलवायु परिवर्तनको प्रमुख कारक भएपनि मस्यौदामा त्यसको उल्लेख नभएकाले इयुले सम्झौता समर्थन नगर्ने बताउनु भएको छ ।
तेल उत्पादक साउदी अरेबियालगायतका देशलेभने जीवाश्म इन्धनसम्बन्धी कडा भाषा राख्न विरोधगर्दै आएका छन् । करिब दुई साताको वार्ता गतिरोधमा पुगेपछि टर्की र अस्ट्रेलियाले सहमतिको प्रयास गरेपनि सफल हुन सकेनन् । मस्यौदामा सन् २०२३ को जीवाश्म इन्धनबाट टाढिँदै जाने विश्वव्यापी प्रतिबद्धतालाई घुमाउरोरुपमा समेटिएको छ । कार्बन सङ्कलन प्रविधिको विस्तारलाई पनि समर्थन गरिएको छ, तर उक्त प्रविधि महँगो र उत्सर्जन घटाउन प्रभावकारी नभएकोभन्दै आलोचना हुँदैआएको छ ।
सम्झौतामा सन् २०३५ सम्म कुल ऊर्जा खपतमा विद्युत्को हिस्सा ३५ प्रतिशत पु¥याउने लक्ष्य प्रस्ताव गरिएको छ । तर, विद्युत् नवीकरणीय ऊर्जाबाटै उत्पादन हुनुपर्ने बाध्यता राखिएको छैन । आइपिसिसीका आगामी प्रतिवेदन समयमै प्रकाशनगर्ने विषय र जलवायु अनुकूलनका लागि प्रस्तावित १२० अर्ब अमेरिकी डलरको लक्ष्य हटाइएपछि पनि विवाद चर्किएको थाहा भएको छ ।