काठमाडौं,७ मंसिर । नेपाल र भारतका प्रधानमन्त्रिबीच वार्ता सम्पन्न भएको छभने संयुक्त पत्रकार सम्मेलन हुँदैछ । नेपाल र भारतबीच प्रतिनिधिमण्डलस्तरीय बैठक सकिएलगत्तै दुई देशबीच हुने समझदारी (एमओयु) तथा सम्झौता पत्रमा हस्ताक्षर हुने र त्यसपछि प्रधानमन्त्री बालेन्द्र र भारतीय समकक्षी मोदीले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्ने भनिएको छ । प्रमद्वयको करिव १५ मिनेटको गोप्य भेटवार्तापछि नयाँ दिल्लीस्थित हैदराबाद हाउसको निलगिरी हलमा उहाँहरुबीच प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको थियो ।
भेटवार्तामा नेपालकातर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे सहभागी रहनुभएको थियो । भारतीय पक्षबाट विदेशमन्त्री डा. एस जयशंकरसहित उच्च सरकारी अधिकारी सहभागी हुनुहुन्थ्यो । त्यसअघि हैदराबाद हाउसमा प्रधानमन्त्री वालेन्द्रलाई मोदीले स्वागत गर्नुभएको थियो
वालेन्द्रले मोदीलाई उपहार प्रदान गर्नुभएको थियो । प्रधानमन्त्री वालेन्द्र भारतीय प्रधानमन्त्री मोदीले आयोजना गर्नुभएको दिवाभोजमा सहभागी हुने कार्यक्रम पनि रहेको छ । भ्रमणकाक्रममा आजै प्रधानमन्त्री वालेन्द्रले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेटगर्ने कार्यक्रम छ ।