
काठमाडौं, ७ मंसिर । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले मुलुकको आन्तरिक राजनीति गलत बाटोमा जान लागेको खुलाशागर्दै सबैले मिलेर रोक्नुपर्ने बताउनु भएको छ । पार्टी केन्द्रिय कार्यालय कोटेश्वरमा हिजो आयोजित राष्ट्रिय जागरण अभियानको कार्यक्रममा बोल्दै उहाँले उपरोक्त खुलाशा गर्नुभएको हो । उहाँले अमेरिकालगायतका देशमा हालै सम्पन्न निर्वाचनबाट एउटै शक्ति सधैँ सत्तामा रहन नसक्ने उदाहरण पेश गरेकोभन्दै आफूहरु आत्तिन नहुने बताउनुभएको थियो । उहाँले मुलुकको आन्तरिक मामिलामा कुनैपनि देशले हस्तक्षेप नगरोस् भन्नका लागि समाजवाद र एक चीन नीतिको पक्षमा आफूहरु रहेको पनि बताउनुभएको थियो । उहाँले चीनले अंगालेको समाजवाद विश्वकै लागि अध्ययनको महत्वपूर्ण विषय भएको उल्लेखगर्दै चीनको समाजवादी व्यवस्था र राज्य सञ्चालनका अनुभव नेपालका लागि पनि उपयोगी हुने बताउनुभयो । उहाँले पार्टीलाई संगठनात्मकरुपमा बलियो बनाउन नेता तथा कार्यकर्ताको सक्रियता आवश्यक रहेको पनि बताउनुभएको थियो । उहाँले हामी समाजवादको पक्षमा छौँ, एक चीन नीतिको पक्षमा छौँ ।
हामी देशको आन्तरिक मामिलामा कुनैपनि देशले हात नहालुन्भन्ने पक्षमा रहेका छौँ । यही क्रममा अहिले चीनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय बैठकबाट एउटा महत्वपूर्ण निर्णय र प्रश्ताव पनि पारित गरेको छ । त्यसकारण चीनको समाजवाद विश्वको निम्ति अहिले अध्ययनको एउटा महत्वपूर्ण विषयसमेत भएको छ । पार्टीदेखि राज्य सञ्चालनसम्मका चिनियाँ अनुभवहरु हाम्रो लागि पनि कामगर्ने कुरानै हुन्छन् । यो सबै परिप्रेक्ष्यमा विश्वको राजनीति पनि सकारात्मक दिशामा गइराखेको छ भने देशको आन्तरिक राजनीति पनि अनावश्यक दलत दिशामा नजाओस्भन्ने सन्दर्भमा भूमिका खेल्नुपर्ने अवस्था छ भन्नुभएको थियो । उहाँले अहिलेका घटनाक्रमबाट हामी आत्तिनुपर्ने केही पनि छैन । मुख्यतः हामी जनतासँग जोडिनुपर्छ र लोकतान्त्रिक शक्तिहरुसँग समेत हातेमालो गदै अगाडि बढ्नुपर्छ ।
मुख्यतः हाम्रो जोड पार्टीलाई संगठनात्मक रुपमा बलियो बनाउने कुरामा केन्द्रित हुने भएको कारणले अहिले सबै नेता तथा कार्यकर्ताको सक्रियताको खाँचो छ । यसरी हामी वामपन्थी शक्तिहरुलाई मिलाउनको लागि पनि कोशिस गर्नेछौँ भन्नुभएको थियो । उहाँले वामपन्थी शक्तिहरुबीच एकता प्रयास जारीराख्ने तर विगतको एकता प्रक्रियामा भएका कमजोरी दोहोरिन नदिन सचेत हुनुपर्नेसमेत बताउनुभएको थियो ।