काठमाडौं,२३ असोज । एमालेको स्थायी कमिटीको बैठक आज शुक्रबार पुनः बस्दैछ । एमालेले पार्टीका स्थानीय तहका कमिटीहरुको अधिवेशन मिति समेत तोकेको छ । अध्यक्ष केपी ओलीको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा हिजो बसेको स्थायी कमिटीको बैठकले पार्टीका वडा कमिटीहरुको अधिवेशन आगामी मंसिर २६ गते र पालिका तहको अधिवेशन आगामी पुस ४ गते सम्पन्न गर्ने निर्णय गरेको हो । बैठकको आरम्भमा पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकबाट बरिष्ठ नेतामा मनोनीत भएकी बिद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको थियो । बैठकले आगामी मंसिर पहिलो साता राष्ट्रिय भेला आयोजनागर्ने निर्णय पनि गरेको छ । राष्ट्रिय भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष, उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिहरुको सहभागिता रहने बताइन्छ ।

पालिका र वडा अधिवेशन सकिएपछि प्रदेशस्तरीय भेला आयोजना गरिने भएको छ । पार्टीको हिजो भएको स्थायी कमिटीको बैठकपछि पार्टीका सचिव महेश बस्नेतले दिनुभएको जानकारी अनुसार तल्लो तहका भेलाहरु सम्पन्न गरेलगत्तै काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेलागर्न लागिएको हो । उक्त राष्ट्रिय भेलामा एमालेका प्रदेश तथा जिल्ला पदाधिकारी, पालिकाका अध्यक्ष र उपाध्यक्षकासाथै केन्द्र, प्रदेश र स्थानीयतहका जनप्रतिनिधिहरुको उपस्थिति रहने छ । बैठकले तल्लो तहको अधिवेशनको कार्यतालिका पनि तयगरेको छ । जसअनुसार आगामी मंसिर २६ गते वडा अधिवेशन र पुस चारगते पालिका अधिवेशनहरु हुनेछन् । वडा र पालिका अधिवेशन सकिएपछि प्रदेशस्तरीय भेलाहरु सञ्चालन गरिने छन् । हिजोको बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि सहभागी हुनुभएको थियो । त्यसक्रममा उहाँले पार्टीको वरिष्ठ नेताकारुपमा शपथ समेत लिनुभएको थियो ।

अध्यक्ष केपी ओलीको अध्यक्षतामा हिजो पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बसेको स्थायी कमिटीको प्रथम बैठकले वडा कमिटीको अधिवेशन र पालिका तहको अधिवेशनको मिति तोकेको हो । बैठकको शुरुवातमा एमालेको केन्द्रीय कमिटीको तेश्रो बैठकबाट वरिष्ठ नेतामा मनोनीत पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको थियो । आगामी मंसिरको पहिलो साता हुने राष्ट्रिय भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष तथा सबैतहका जनप्रतिनिधि सहभागी हुने छन् । वडा र पालिका अधिवेशन सम्पन्न भएपछि प्रदेशस्तरीय भेला आयोजनागर्ने निर्णय पनि भएको छ । त्यसैगरी, मधेश प्रदेशसभामा समानुपातिकतर्फ रौतहटबाट प्रतिनिधित्वगर्ने जैनब खातुनको निधनपछि रिक्त स्थानमा नाजमा खातुनलाई मनोनयनगरी निर्वाचन आयोगमा लेखी पठाउने निर्णय बैठकले गरेको छ ।

नाजमा समानुपातिक बन्दसूचीको क्रमसंख्या ४० तथा मापदण्डअनुसार क्रम संख्या ४२ मा रहेकी उम्मेदवार भएको बताइएको छ । अध्यक्ष पद रिक्त रहेका १३ वटा जिल्लामाभने जिल्ला तहकै निर्णयबाट अध्यक्ष चयनगरी संगठन कमिटीमा रुपान्तरणगर्ने र त्यसलाई माथिल्लो कमिटीबाट अनुमोदनका लागि पठाउने निर्णय भएको छ ।