
काठमाडौं,२३ असोज । नेपाली कांग्रेसको गगन थापा समूहको महाधिवेशनमा आज बिहानबाट मतदान शुरु भएको छभने गगन थापाका नाममा मतदातालाई प्रभावितगर्ने प्रयास भैरहेको बताइएको छ । मतदान बिहान ७ बजेदेखि शुरु भएको हो । निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।
महाधिवेशन प्रतिनिधिको संख्या सात हजार ३१७ रहेको छ । निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले मतपत्र धेरै भएकाले आफूसँगै ३२ जना वरिष्ठ अधिवक्ताहरुले मतपत्रमा हस्ताक्षर गरिरहेको बताउनु भएको छ । यसैबीच नेता विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनमा प्यानलगत चिट बाँडिएकोभन्ने हल्ला निराधार भएको बताउनुभएको छ ।
सभापतिका उम्मेदवार गगन थापाको नाम जोडेर आन्तरिकरुपमा प्यानलगत उम्मेदवारको सूची तयारगरी वितरण गरिएको चर्चा चलेपछि शर्माले त्यसको खण्डन गर्नुभएको बताइन्छ । वरिष्ठ उपसभापति पदका उम्मेदवारसमेत रहेका शर्माले आफूहरुले तयार पारेको वा पठाएकोभन्दै वितरण गरिएका प्यानलका सूचीहरु नक्कली भएको बताउनुभएको छ । उहाँले महाधिवेशन प्रतिनिधिहरुलाई विशेष महाधिवेशनको पक्ष र विपक्षका आधारमा मतदान नगर्न आग्रहसमेत गर्नुभएको छ ।