
काठमाडौं,२३ असोज । भेनेजुएलाका पूर्व राष्ट्रपति मादुरो र उहाँकी पत्नीविरुद्ध नयाँ यातना आरोप दर्तागरिएको खुलाशा भएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमका समाचार बिवरणहरुअनुसार संयुक्त राज्य अमेरिकाले हिजो बिहीबार भेनेजुएलाका पदच्युत राष्ट्रपति निकोलस मादुरो र उहाँकी पत्नी सिलिया फ्लोरेसविरुद्ध नयाँ यातना आरोप दर्तागरेको हो । मादुरो र फ्लोरेसले गत जनवरीमा काराकासको आफ्नो परिसरबाट असाधारण अमेरिकी सैन्य छापामार्फत पक्राउपरेपछि पहिलेनै संयुक्त राज्य अमेरिकामा लागूऔषध तस्करी र हातहतियारसम्बन्धी आरोपहरु सामना गरिरहेको बताइन्छ । हिजो सार्वजनिक भएको अदालती कागजातले दुवैलाई अब यातनाको षड्यन्त्रको अतिरिक्त आरोप लगाइएको छ ।
कागजातमा उनीहरुले गम्भीर शारीरिक र मानसिक पीडा तथा कष्ट पु¥याएको भनिएको छ । आरोपमा मादुरोको कथित उद्देश्य ‘राजनीतिक विपक्षीलाई दमन र सजाय दिनु, असहमति र कथित असहमतिलाई मौनपार्नु, सरकारका सदस्यहरुको शक्ति र अधिकार संरक्षण तथा रक्षागर्नु, तथा अपहरणमार्फत आफ्ना विरोधीहरुलाई डरत्रास, उत्पीडन र निष्क्रिय पार्नुथियो भनिएको छ । अभियोजकहरुले अमेरिकी नागरिकसमेत अज्ञात पीडितहरुलाई भेनेजुएली हिरासतमा विद्युतीय झट्का दिने, वाटरबोर्डिङगर्ने र कुटपिटगर्ने जस्ता घटनाहरुको विवरण दिएका छन् । मादुरो र फ्लोरेसविरुद्धको मुद्दाको सुनुवाइ आगामी जुन महिनामा न्यूयोर्कमा हुने बताइन्छ । उहााहरु हाल ब्रुकलिन जेलमा थुनामा रहनुभएको छ ।