काठमाडौं,२३ असोज । दुर्गा प्रसाईंकोको दल नेपाल पथ पार्टी निर्वाचन आयोगमा दर्ताभएको छभने आगामी मंसिर ७ गते सार्बजनिक घोषणा गरिने बताइएको छ । प्रसाईको नेतृत्वमा नेपाल पथ पार्टी निर्वाचन आयोगमा दर्ता भएको हो । सो पार्टीका अनुसार त्यसको औपचारिक घोषणा कार्यक्रम आगामी मंसिर ७ गते झापाको दमकमा गरिने छ ।

यसअघि प्रसाईले राप्रपा परित्याग गरेका डा. धवल समशेर जबरासँग मिलेर दल दर्तागर्ने तयारी गरेकोमा विवाद उत्पन्न भएपछि नयाँ दल दर्ता गरिएको बताइएको छ । प्रसाईले पनि नागरिक बचाउ दलको नाम परिवर्तनगरेर नेपाल पथ दल बनाउनुभएको हो । निर्वाचन आयोगले उहाँलाई प्रमाण पत्रसमेत दिइसकेको छ ।