काठमाडौं,२३ असोज । नेपाली कम्युनिष्ट पार्टीको केन्द्रिय कार्यसंयोजन समितिको बैठक आज पार्टीको केन्द्रिय कार्यालय कोटेश्वरमा दिनको बिहान ११ बजे बैठक बस्दैछ । सो पार्टीका प्रवक्ता प्रकाश ज्वालाले दिनुभएको जानकारीअनुसार बैठकमा दशैमा गरिने कामको योजनाबारे छलफल हुनेभएको छ । जसमा पार्टीको महाधिवेशन र दुई महिना सञ्चालनगर्ने जनअभियानका विषय रहने छन् । गत ६ गते बसेको बैठकले १५ गतेदेखि मंसिर १५ गतेसम्म दुई महिना अभियान चलाउने निर्णय गरेको थियो ।

सो पार्टीले आगामी कात्तिकदेखि जनअभियान शुरुगर्ने भनेको छ । बैठकमा महाधिवेशनको कार्यविधिकासाथै वरिष्ठ नेता झलनाथ खनालले घोषणा गरेको समाजवादी जागरण अभियानबारे पनि छलफल हुने भएको छ । दशैँ,तिहारको अवसरमा हुने जमघटलाई मध्यनजरगरी अभियान चलाउन लागिएको प्रबक्ता ज्वालाका भनाई छ ।