काठमाडौं,२३ असोज । पर्साको वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन्भने उनीहरुले आफूहरुले भोग्दैआएका समस्या समाधानका लागि सरकारसँग विशेष पहलगर्न आग्रह पनि गरेका छन् । विगत २४ दिनदेखि आन्दोलनरत रेजिडेन्ट चिकित्सकहरुले सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालय पुगेर आफ्ना गुनासा र माग प्रस्तुत गरेका हुन् । मन्त्रालयमा आयोजित छलफलमा पहिलो वर्षमा अध्ययनरत ४० भन्दाबढी रेजिडेन्ट चिकित्सकले कलेजमा अध्ययन तथा कामगर्नेक्रममा भोग्दैआएका समस्या मन्त्रालयका उच्च अधिकारीसमक्ष राखेका थिए । रेजिडेन्ट चिकित्सकले कलेज व्यवस्थापनबाट विद्यार्थीलाई अनावश्यक दबाब दिइएको र अध्ययनका लागि आवश्यक शैक्षिक वातावरण नरहेको आरोप लगाएका छन् ।

उनीहरुले कलेजमा शान्तिपूर्ण र मर्यादित वातावरण निर्माणगरी अध्ययनमा फर्कने अवस्था बनाउन सरकारसँग आग्रह गरेका छन् । छलफलमा शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झासहित मन्त्रालयका उच्च अधिकारी सहभागी रहेको बताइएको छ । रेजिडेन्ट चिकित्सकले आफूहरु सरकारप्रति आशावादी रहेकाले समस्या समाधानको पहलका लागि मन्त्रालयसम्म आएको बताएका छन् ।