
काठमाडौं, ३१ साउन । एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यले आज एक बक्तब्य प्रकाशितगरी प्राकृतिक विपदमा परी ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली व्यक्तगर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । उहाँले बक्तब्यमा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । पछिल्लो समय जाजरकोट, रोल्पा, बाजुरा, कास्कीलगायत जिल्लामा बाढी, पहिरो तथा सडक अवरोधका कारण मानवीय तथा भौतिक क्षति हुनाका साथै सडक अवरुद्धहुँदा सर्वसाधारणको आवागमनसमेत प्रभावित भएको छ ।
विज्ञप्तिमा एमालेले बाढीपहिरोमा बेपत्ता भएकाहरुको खोजी, पीडितको उद्धार तथा राहत वितरण र अवरुद्ध सडक सञ्चालनको कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएको छ । साथै, उद्धार, राहत तथा सडक सञ्चालनलगायत कार्यमा स्थानीय तह र सुरक्षाकर्मीसँग समन्वय गरी जुट्न पार्टीका स्थानीय कमिटी तथा कार्यकर्तालाई एमाले आह्वान पनि गरेको छ ।