काठमाडौं,३१ साउन । नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रधानसेनापति जनरल धीरज सेठ पाँच सदस्यीय टोलीको नेतृत्वगर्दै चारदिने नेपाल भ्रमणका लागि आज काठमाडौं आइपुग्नु भएको छ । उहाँलाई त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा नेपाली सेनाका उच्च अधिकारहिरुले स्वागत गर्नुभएको छ । नेपाल भ्रमणका क्रममा सेठलाई भोली सोमबार राष्ट्रपति कार्यालयमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदानगर्ने कार्यक्रम रहेको छ।
त्यसैगरी, सोमबारनै नेपाली सेनाका प्रधानसेनापति सिग्देल र भारतीय सेनाध्यक्ष सेठबीच जङ्गी अड्डामा द्विपक्षीय वार्ता हुने छ । वार्तामा नेपाल–भारतबीचको सैन्य सहकार्य तथा दुई देशका सेनाबीचको सम्बन्धका विविध पक्षमा छलफल हुने बताइन्छ । नेपाल भ्रमणकोक्रममा भारतीय सेनापति सेठले आगामी मंगलबार रक्षामन्त्रीकोसमेत जिम्मेवारीमा रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटवार्तागर्ने कार्यक्रम छ । भारतको प्रधानसेनापतिमा नियुक्त भएपछि सेठको नेपालबाट पहिलो विदेश भ्रमण हो ।
सन् २०२६ को जुन ३० मा भारतको प्रधानसेनापतिको पद सम्हालेका सेठ नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहणगर्न नेपाल आउनुभएको हो । नेपालका प्रधानसेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी र भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदानगर्ने परम्परा सन् १९५० देखि शुरु भएको हो ।