काटमाडौं, ८ भदौ । केन्द्र सरकारलाई थाहानै नदिई मधेश प्रदेशका मुख्यमन्त्रि कृष्ण यादव भारत भ्रमणमा जानुभएपछि हालचल भएको छ । मुख्यमन्त्री यादव पनि आफ्नो भ्रमण प्रधानमन्त्रि वालेन्द्रको मुस्ताङ भ्रमणजस्तै व्यक्तिगत तथा धार्मिक प्रकृतिको भएकाले केन्द्र सरकारको सहमति आवश्यक नभएको दाबि गर्नुभएको छ । मधेश प्रदेश सरकारका गृहमन्त्री फकिरा महतोकाअनुसार मुख्यमन्त्री यादव गत शुक्रबार नै भारततर्फ लाग्नुभएको थियो ।
उहाँसँग प्रदेश सरकारका केही मन्त्री र स्वकीय सचिवसमेत रहेको महतोले जानकारी दिनुभएको छ । उहाँ आइतबार रातिनै मधेस प्रदेश फर्किएको बताइएको छ । यसअघि विदेश भ्रमणका विषयमा प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीले केन्द्र सरकारसँग स्वीकृति लिने प्रचलन रहँदै आएको छ ।
यसअघि मधेस प्रदेशका तत्कालीन मुख्यमन्त्री लालबाबु राउत र सतिश सिंहको विदेश भ्रमणका लागि केन्द्र सरकारबाट स्वीकृति दिइएको थियो । केन्द्र सरकारका प्रधानमन्त्रि र मन्त्रिहरुले मनपरी गरेका कारण प्रदेशहरुले पनि सिको गरेको बताउन थालिएको छ ।