काटमाडौं, ८ भदौ । परराष्ट्रमन्त्री शिशिर खनाल आगामी १४ गते चीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्वगर्दे सर्बिया जाने हुनुभएको छ । असंलग्न आन्दोलन (नाम) उच्चस्तरीय स्मरणसभा (हाईलेभल कमेमोरेटिभ मिटिङ) मा सहभागी हुन मन्त्री खनाल सर्बियाको राजधानी बेलग्रेड जान लाल्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँ आगामी १७ गते नेपाल फर्कने कार्यक्रम छ । सर्बियाको राजधानी बेलग्रेडमा भदौ १५ र १६ गते (अगष्ट ३१ र सेप्टेम्बर १) उच्चस्तरीय स्मरणसभा आयोजना हुँदैछ ।

सन् १९६१ मा बेलग्रेडमै असंलग्न आन्दोलनको पहिलो शिखर सम्मेलन आयोजना भएको थियो । पहिलो सम्मेलनको ६५औँ वार्षिकोत्सवका अवसरमा यसवर्ष बेलग्रेडमा उच्चस्तरीय स्मरणसभा आयोजना गर्न लागिएको हो । उक्त कार्यक्रममा विश्वका बिभिन्न देशका नेताहरु, बिभिन्न मुलुकका प्रतिनिधिमण्डल तथा असंलग्न आन्दोलनमा सहभागी राष्ट्रका प्रतिनिधिहरुको सहभागिता रहने बताइएको छ । पछिल्ला बर्षहरुमा नेपाल असंलग्न आन्दोलनबाट बिचलित भएर अमेरिकी सैन्य संगठन नेटो निकट पुगेको राजनीतिक क्षेत्रमा चर्चा हुने गरेको छ ।