
काटमाडौं, ८ भदौ । क्रान्तिकारी किसान महासंघ, नेपालको केन्द्रीय समितिको आयोजनामा रुपन्देहीको सैनामैना नगरपालिका–१, पर्रोहामा सुकुम्बासी र अव्यवस्थित बसोबासीमाथि राज्यको क्रुरदमन र न्यायपूर्ण निकास विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता महासंघका केन्द्रीय सहसंयोजक धनेश्वर पोखरेलले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण महासंघका केन्द्रीय सदस्य क्षेत्रबहादुर थापाले गर्नुभएको थियो।
अन्तरक्रिया कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य तथा क्रान्तिकारी किसान महासंघका केन्द्रीय संयोजक सीताराम तामाङले सो विषयसँग सम्बन्धित लिखित अवधारणा प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा पार्टीका अर्का स्थायी समिति सदस्य कृष्णराज पौडेलले पनि मन्तव्य राख्नुभएको थियो। तामाङले प्रस्तुत गर्नुभएको अवधारणामाथि टिप्पणीकार मनि कर्ण कार्कीले टिप्पणी गर्नुभएको थियोभने राष्ट्रिय स्वाधीनताका लागि नागरिक अभियानका अध्यक्ष तथा अधिवक्ता पदम कार्कीले पनि टिप्पणीसहित आफ्नो मन्तव्य राख्नुभएको थियो ।
मन्तव्य राख्ने अन्य वक्ताहरुमा वामपन्थी बुद्धिजीवी लोकराज भुसाल, समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य नवीन सुनुवार र नेपाल भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासी संरक्षण समितिका केन्द्रीय अध्यक्ष खगेन्द्र पौडेल रहनुभएको थियो। कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका ५ नम्बर ब्युरो सचिव जितामित्र सुनार, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रुपन्देही जिल्ला सचिव लक्ष्मीकान्त पौडेल, केन्द्रीय उत्पादन विभाग सदस्य प्रेम सुवेदी र वामपन्थी बुद्धिजीवी रविलाल पन्थीको पनि आतिथ्यता रहेको थियो ।