काटमाडौं, ८ भदौ । गगन कांग्रेसको महाधिवेशन रोक्न शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले आज सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ । जसबाट नेपाली कांग्रेसको १५औँ महाधिवेशनको विवाद अदालत पुगेको छ । गगन थापा पक्षले घोषणा गरेको १५औँ महाधिवेशन रोक्न मागगर्दै नियमित महाधिवेशन पक्षका सभापति भापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालत पुगेपछि नेपाली कांग्रेस बृत्तमा ठूलो हलचल शुरु भएको छ ।

उहाँहरु दुबैले आज सोमबार वारेसमार्फत् अलग, अलग रिट दर्ता गराउनुभएको हो । देउवाका तर्फबाट गत शुक्रबार वारेसमार्फत रिट पुगेको थियोभने खड्काको तर्फबाट आज सोमबार वारेसमार्फत पूरक निवदेन परेको हो । देउवाकोतर्फबाट वारेस असग रुल हक र खड्काको तर्फबाट वारेस श्रवणकुमार श्रेष्ठ रहेको थाहा भएको छ । पेश गरिएका दुवै रिटमाथि अध्ययन भइरहेको सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले बताउनुभएको छ ।