काठमाडौं, ११ भदौ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई भाडा वृद्धि नगर्न सरकारसँग माग गरेको छ । प्राकृतिक विपत्तिको विषम परिस्थितिमा हवाई भाडा वृद्धि नगर्न वायुसेवा कम्पनीहरुलाई आग्रह गरेको छ । क्यानले विज्ञप्ति जारीगर्दै आन्तरिक उडानतर्फका वायुसेवा कम्पनीलाई उक्त आग्रह गरेको हो ।
क्यानका हवाई यातायात विभागका उपप्रबन्धक सन्तोष अधिकारीेले हाल देशमा उत्पन्न बाढी तथा प्राकृतिक विपत्तिको विषम् परिस्थितिमा सर्वसाधारणको आवागमनमा सहजता र हितलाई मध्यनजरगर्दै नेपाल सरकारबाट स्वीकृत हवाई भाडादरको उच्चतम भाडादरभन्दा कम र परिस्थितिलाई मध्यनजरगर्दै समुचित हालको भाडादरमा नबढ्ने गरी हवाई टिकट उपलब्ध गराउने व्यवस्थागर्न अनुरोध गर्नुभएको छ ।