काठमाडौं, ११ भदौ । प्रधानमन्त्रि वालेन्द्र शाहले संसदमा रहेका दलहरुको सर्बदलीय बैठक बोलाउन नसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाउनु भएको छ । बैठकमा भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा बिहीबार सर्वदलीय बैठक बस्नेभएको हो । रास्वपा प्रवक्ता जगदीश खरेलकाअनुसार बैठक आज भदौ ११ गते बिहीबार बिहान ९ः०० बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ ।
बैठकमा भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको समीक्षागर्दै बेपत्ताको खोजी तथा उद्धार, प्रभावितलाई राहत उपलब्ध गराउने तथा बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाका विषयमा छलफल हुने बताइएको छ । बाढीबाट प्रभावित क्षेत्रमा तत्कालीन उद्धार तथा राहतसँगै दीर्घकालीन पुनःस्थापनाका लागि राजनीतिक दलहरुबीच आवश्यक समन्वय र सहकार्यगर्ने उद्देश्यले बैठक आयोजना गरिएको रास्वपाले जनाएको छ ।
यसअघि यस्तो सर्बदलीय बैठक प्रधानमन्त्रि वा गृहमन्त्रिले बोलाउने प्रचलन रहेको थियो ।