काठमाडौं,११ भदौ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले राष्ट्रिय विपत्तिको समयमा सबै राजनीतिक दल र सरोकारवाला निकाय एकजुट भएर खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा जुट्नुपर्ने बताउनुभएको छ । आज बिहान सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा उहाँले उपरोक्त कुरा बताउनु भएको हो । त्यसक्रममा उहाँले देश गम्भीर प्राकृतिक विपत्तिको सामना गरिरहेको उल्लेखगर्दै राजनीतिक मतभेदभन्दा राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको थियो । उहाँले राष्ट्रिय संकटको सामनागर्न एकजुट बनौँ।
अहिले देश एउटा गम्भीर प्राकृतिक विपत्तिको सामना गरिरहेको छ । यस्तो अवस्थामा लामो बहस वा राजनीतिक आग्रह–पूर्वाग्रहमा अल्झिने होइन, सबै राजनीतिक शक्ति एक ठाउँमा उभिएर खोजी, उद्धार, राहतमा जुट्ने समय हो भन्नुभएको थियो । उहाँले यस्तो संकटका बेला लामो राजनीतिक बहसभन्दा नागरिकको जीवन रक्षा नै सबैभन्दा ठूलो दायित्व हुने बताउँदै उनले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी सामान्य प्राकृतिक घटनामात्र नभएको बताए।
उनले भविष्यमा यस्ता विपत्तिको जोखिम न्यूनीकरणका लागि वैज्ञानिक अध्ययन, प्राविधिक तयारी र दीर्घकालीन राष्ट्रिय रणनीति आवश्यक रहेको बताउनु भएको थियो । उहाँले तत्काल खोजी, उद्धार, उपचार, राहत र पुनःस्थापनाका कार्यक्रम प्रभावकारी रुपमा सञ्चालनगर्न सरकार, राजनीतिक दल र सम्बन्धित निकायबीच साझा कार्ययोजना र समन्वय अपरिहार्य रहेको बताउनु भएको थियो ।