काठमाडौं, ११ भदौ । पृथ्वी राजमार्गमा सवारी चलाउन रोक लगाइएको थाहाभएको छ । भोटेकोशीमा गएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा क्षति पुगेपछि सम्भावित जोखिमलाई मध्यनजरगर्दै जिल्ला प्रशासन कार्यालय धादिङले सो जिल्लाअन्तर्गत पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले एक सूचना जारीगर्दै अर्को सूचना जारी नभएसम्म पृथ्वी राजमार्ग भएर चल्ने सबै सार्वजनिक तथा निजी सवारीसाधनको आवागमन पूर्णरुपमा बन्द गरिएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले बाढीका कारण रसुवा, नुवाकोटलगायत धादिङ जिल्लाको पृथ्वी राजमार्गका विभिन्न स्थानमासमेत क्षतिपुगेको जानकारी दिनुभएको छ ।