काठमाडौं,६ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो बाँकी जीवन जनता र लोकतन्त्रको सुदृढीकरणका लागि समर्पितगर्ने बताउनुभएको छ । पोखरामा हिजो आयोजित नेपाली कांग्रेस देउवा समूह गण्डकी प्रदेशको दोस्रो नियमित प्रदेश अधिवेशनलाई सम्बोधनगर्दै उहाँले उपरोक्त कुरा बताउनु भएको हो । उहाँले सिंगापुर र हङकङमा उपचार गराएर पूर्णरुपमा स्वस्थभई फर्किएको बताउनुभएको थियो । आफूलाई साथीभाइ तथा नेपाली दाजुभाइ दिदीबहिनीको सद्भाव र मायाले नयाँ जीवन दिएको उल्लेखगर्दै उहाँले अब जनताको हित र लोकतन्त्रको रक्षाका लागि कामगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

पाँच पटक प्रधानमन्त्री भइसकेको स्मरणगर्दै नेता देउवाले आफूलाई अब कुनै पद वा व्यक्तिगत लाभको अपेक्षा नरहेको बताउनुभएको थियो । देश र जनताका लागि योगदानगर्ने तथा लोकतन्त्र र गणतन्त्रलाई थप सुदृढ बनाउने आफ्नो चाहना रहेको उहाँको भनाइ थियो । यसैबीच देउवा पक्षको १५ औँ महाधिवेशन तयारी समितिको बैठक आगामी नौगते दिउँसो ११ बजे बस्नेभएको छ ।

उक्त पार्टीले एक विज्ञप्ति जारीगर्दै सो कुराको जानकारी दिएको हो । बैठक पार्टीको केन्द्रीय सम्पर्क कार्यालय चुनदेवीमाबस्ने सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइकेलले जानकारी दिनुभएको छ । बैठकमा केन्द्रीय पदाधिकारी एवं सदस्यहरु लगायत तयारी समितिमा रहेका सम्पूर्ण सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।