काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज पनि बन्दसत्र जारी रहनेभएकोछ । बन्दसत्रमा सहभागी महाधिवेशन प्रतिनिधिहरुले सभापति गगनकुमार थापाले प्रस्तुत गर्नुभएको राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रुपान्तरणको अभिभारा सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको संगठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल भएको थियो । छलफलमा सात प्रदेशका अतिरिक्त भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरु सहभागी हुनुभएको महाधिवेशन व्यवस्थापन समितिका संयोजक सुरेशराज आचार्यले जानकारी दिनुभएको छ ।
बुधबारको सत्रको प्रारम्भमा पार्टी सभापति थापाले सम्बोधन गर्नुहुर्ने कार्यक्रम रहेको छ । केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरुको प्रथम नामावली सार्वजनिक भएको छ । ककांग्रेसको विधानअनुसार सभापति एक, वरिष्ठ उपसभापति एक, उपसभापति चार, महामन्त्री तीन, सहमहामन्त्री १५ र कोषाध्यक्ष एक गरी २४ जना पदाधिकारी रहने व्यवस्था छ । त्यसमध्ये सहमहामन्त्री चार र कोषाध्यक्ष एकजना सभापतिले मनोनीत गर्ने भएकाले १९ जना पदाधिकारी निर्वाचनबाट चयन हुनेछन् । निर्वाचन समितिका अनुसार १९ पदाधिकारीका लागि ७९ जनाको उम्मेदवारी परेको छ । सभापति पदका लागि तीन जनाको उम्मेदवारी परेको छ।
वर्तमान सभापति गगन थापा, पूर्व सहमहामन्त्री किशोरसिंह राठोर र श्यामकृष्ण खड्गीले सभापतिमा उम्मेदवारी दिनुभएको छ । त्यसैगरी वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्माको एकल उम्मेदवारी परेको छ। समावेशी व्यवस्थाअनुसार एक महिला र दुई खुलातर्फगरी चारजना उपसभापति निर्वाचित हुनेछन् । महिला उपसभापति पदमा पुष्पा भुसालको पनि एकल उम्मेदवारी परेको छ । शर्मा र भुसाल दुवै हाल कांग्रेसका उपसभापति हुनुहुन्छ । निर्वाचन समितिले सार्वजनिक गरेको प्रथम नामावलीमा कुनै दाबी–विरोध भए त्यसका लागि आज बिहान १० बजेदेखि १२ बजेसम्मको समय तोकिएको छ । सभापति पदमा किशोरसिंह राठौरको चर्चा अत्यधिक रहेको छ । उहाँले आफूले सभापति पदमा जितेको खण्डमा तत्काल नेपाली कांग्रेसलाई एक गराउने बताउनु भएको छ । उम्मेदवारहरुको नामाबली निम्नानुसार छ–
सभापति
१. गगनकुमार थापा
२. किशोरसिंह राठौर
३. श्यामकृष्ण खड्गी
वरिष्ठ उपसभापति
१. विश्वप्रकाश शर्मा
उपसभापति महिला
१. पुष्पा भुसाल
उपसभापति खुला
१. डा. चन्द्रकान्त भण्डारी
२. देवराज चालिसे
३. सुरेन्द्रराज पाण्डे
४. मधु आचार्य
५. डा. मिनेन्द्र रिजाल
६. दीपक गिरी
७. धनराज गुरुङ
८. गोविन्द भट्टराई
९. डा. चन्द्रमोहन यादव
उपसभापति समावेशी
१. विनोद चौधरी
२. फरमुल्लाह मन्सुर
३. जीवन परियार
४. रञ्जित कर्ण
५. सीता गुरुङ
महामन्त्री खुला
१. प्रदीप पौडेल
२. गुरुराज घिमिरे
३. उदयशमशेर राणा
४. अमरसिंह पुन
५. नैनसिंह महर
६. शंकर तिवारी
७. डा.सुनील शर्मा
८. डा.सन्तोष उपाध्याय
महामन्त्री महिला
१. डिला संग्रौला
२. रिता खनाल
३. महालक्ष्मी उपाध्याय ‘डिना’
सहमहामन्त्री महिला
१. नानुमैया बास्तोला
२. प्रतिमा गौतम
सहमहामन्त्री खुला
१. अजयबाबु शिवाकोटी
२. अमृतकुमार अर्याल
३. देवेन्द्रराज कण्डेल
४. दिनेश कोइराला
५. डिल्लीराम सुवेदी
६. विकास कोइराला
७. विमलराज क्षेत्री
८. रमेशप्रसाद धमला
९. रामहरि खतिवडा
१०. राजीव ढुंगाना
सहमहामन्त्री आदिवासी जनजाति
१. ओमबहादुर घर्ती मगर
२. तारामान गुरुङ
३. दिलमान पाख्रिन
४. प्रशान्तमानसिंह मास्के
५. बहादुरसिंह लामा तामाङ
सहमहामन्त्री दलित
१. नरेन्द्र पासवान
२. प्रकाश रसाइली ‘स्नेही’
३. मानबहादुर नेपाली
४. लक्ष्मी परियार
सहमहामन्त्री मधेशी
१. अजयकुमार चौरसिया
२. अभिषेकप्रताप शाह
३. किरण यादव
४. नगिना यादव
५. मनिषकुमार मिश्र
६. महेन्द्र यादव
७. मुक्ता कुमारी यादव
८. रामपल्टन शाह
सहमहामन्त्री खसआर्य
१. जगदिश्वर नरसिंह केसी
२. मनोजमणि आचार्य
३. शुभराम बस्नेत
सहमहामन्त्री थारू
१. तेजुलाल चौधरी
२. योगेन्द्र चौधरी
३. सुरेन्द्रप्रसाद चौधरी
सहमहामन्त्री मुस्लिम
१. अतहर कमाल मुसलमान
२. अब्दुल सत्तार
३. डा.मो. फिरदौश आलम
सहमहामन्त्री पिछडिएको क्षेत्र
१. जीवनबहादुर शाही
२. कर्णबहादुर बुढा
३. जनकराज गिरी
४. रामबहादुर विष्ट
५. नारायणप्रसाद भट्टराई
६. मिनबहादुर भाम
७. राजन कुँवर
सहमहामन्त्री अल्पसंख्यक वा अपाङ्गता
१. आङगेलु शेर्पा
२. नगेन्द्रकुमार कुमाल
३. बाबुकृष्ण सापकोटा
४. योगेश गौचन थकाली