
काठमाडौं,१५ भदौ । इजरायलीहरुले प्यालेष्टिनी कैदीमाथि जेल भित्र पनि बर्बर दमन गरेको थाहा भएको छ । इजरायली सुरक्षामन्त्रीले भने प्यालेष्टिनी कैदीका लागि जेलको अवस्था उचित भएकोको दावी गर्नुभएको छ । इजरायली सञ्चार माध्यमहरुले जनाएअनुसार इजरायलका दक्षिणपन्थी नेता तथा राष्ट्रिय सुरक्षा मन्त्री इतामर बेन ग्वीरले हिजो आइतबार प्यालेष्टिनी कैदीहरुको अवस्थाबारे प्रतिक्रियादिँदै यो गाजामा आफ्ना बन्धक नागरिकलाई दिइएकोभन्दा निकै सुविधाजनक रहेको दावी गर्नुभएको थियो । उहाँको सो भनाइ इजरायली जेलमा रहेका विशेष गरी केही प्यालेष्टिनी महिला कैदीहरुलाई भेटेपछि बाहिरिएको हो । निर्वाचन हुन दुई महिना अगाडि मन्त्री वेन ग्वीरले एउटा भिडियो पोष्टगर्दै उक्त भनाई सार्वजनिक गर्नुभएको हो ।
यसअघि यसैवर्ष गाजाको नाकाबन्दी तोड्न खोजेको एउटा फ्लोटिला (सहायताका लागि सामान बोकेको गाडीको समूह) का विदेशी सहायताकर्मीहरुलाई हात बाँधेर घुँडा टेकाइएको भिडियो सार्वजनिकगर्दै अपमानजनक शैलीमा इजरायलमा स्वागत छभन्ने भिडियो पोष्ट भएको थियो । सहायताकर्मीहरुले उनीहरुमाथि शारीरिक दुव्र्यवहारको रिपोर्ट गरेका बताएका थिए । एक अष्ट्रेलियाली महिलाले इजरायली अधिकारीहरुले यौन दुव्र्यवहार गर्नेगरेको दाबी गर्नुभएको छ । इजरायलले यसलाई अस्वीकार गरेको छ । बेन ग्वीरले दिएको अभिव्यक्तिले हालै फेरि अन्तर्राष्ट्रिय आलोचना निम्त्याएको छ । उहाँले गाजामा हरेक रात ३० देखि ४० प्यालेष्टिनीहरुलाई मार्नुपर्ने पनि बताउनुभएको थियो । भिडियोमा बोलिरहेकी कैदी यास्मिन शाबान भएको उहाँको पतिको भनाइ छ । उहाँलाई मे २०२५ मा जेनीन नजिकैको घरमा छापा मार्दा इजरायली सेनाले फेरि पक्राउगरेको थियो ।
यो गाजा युद्धविराम सम्झौताअन्तर्गत रिहा भएको केही महिनापछिको घटना हो । प्यालेष्टिनी प्राधिकरणको कैदी मामिला आयोगले बेन ग्वीरमाथि क्रूरता, घृणा र जातिवादको आरोप लगाएको छ । हमासको नियन्त्रणमा रहेको गाजाको कैदी मन्त्रालयले बेन ग्वीरको भिडियोलाई अनधिकृत शासन कति गहिरो पतनमा पुगेको छभन्ने देखाउँछभनी टिप्पणी गरेको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको गठबन्धनले केही सर्वेक्षणमा अक्टोबर २७ को निर्वाचनमा कमजोर हुने देखाएका छन् ।