काठमाडौं,१५ भदौ । कैदीबन्दीद्वारा कारागारमा सीडीओविरुद्ध नाराबाजी गरेको थाहा भएको छ । जिल्ला कारागार मोरङका कैदीबन्दीहरुले जिल्ला प्रशासन कार्यालय मोरङ र प्रमुख जिल्ला अधिकारीविरुद्ध गएराति नाराबाजी गरेका हुन् । लागूऔषधको कारोबार गरेको आरोपमा मानसिक दबाब दिनेगरेको, पैसा माग्नेगरेको, गोली हान्छु भनेर धम्क्याउने गरेकोभन्ने कैदीबन्दीको आरोप छ । हतियारसहित प्रहरी कारागारमा राखेको भन्दै उनीहरुले नाराबाजीगर्दै प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
कारागारभित्रको गतिविधि बुझ्न प्रहरी प्रवेशगर्न खोजेपछि कैदीबन्दीले मोरङ प्रहरीका एसपीविरुद्ध पनि नाराबाजी गरेका थिए । सामान्यतः प्रहरी कारागारभित्र प्रवेशगर्न पाउँदैन । तर, शंकास्पद गतिविधि भइरहेको लागेमा जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिएर प्रहरीले सर्चगर्न सक्नेभन्ने ब्यवस्था रहेको छ । गएराति भएको उक्त घटनाको आज छानविन हुने बताइएको छ ।