काठमाडौं,१५ भदौ । भारतको उद्धार टोली सिधै चिलिमे र लाङटाङ क्षेत्रतिर गएको थाहाभएको छ । भारतीय सुरुङ उद्धार टोलीले हिजो चिलिमे र लाङटाङ क्षेत्रमा रहेका जलबिद्युत सुरुङस्थलमा खोज तथा उद्धार कार्य सञ्चालनगर्न नेपाली सेनाको टोलीसँग मिलेर काम गरेको भनिएको छ । टोलीले नेपाली सेनासँग नजिकको समन्वयमा खोज तथा उद्धार कार्य जारीराख्ने काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ । भारतीय सुरुङ उद्धार टोली गत शनिबार नेपाल आइपुुगेको थियो ।
त्यसैगरी भारतबाट चौथो उडान ११ टन थप राहत सामग्रीसहित हिजो काठमाडौं आइपुगेको थाहा भएको छ । जसमा कम्बल, स्लीपिङ ब्याग, त्रिपाल, प्लास्टिक सिट र सरसफाइसम्बन्धी किटकासाथै सुरुङ खोज तथा उद्धार कार्यका लागि आवश्यक उपकरणसहित थप प्राविधिक टोलीसमेत आएको बताइएको छ । त्यसैगरी फरेन्सिक उपकरणसहित डीएनए विश्लेषणका लागि भारतीय फरेन्सिक विज्ञहरुको टोली पनि हिजै नेपाल आइपुगेको थियो ।
भारतका फरेन्सिक टोलीहरुले रसुवा बाढीमा ज्यान गुमाएकाको डिएनए नमुना विश्लेषणको कार्यका लागि नेपाल प्रहरीको केन्द्रीय फरेन्सिक विज्ञान प्रयोगशाला र त्रिभुवन विश्वबिद्यालय शिक्षण अस्पतालमा नेपाली विज्ञहरुसँग भेट गरेको बताइएको छ ।