काठमाडौं,१५ भदौ । राहत बितरणमा पक्षपात भएको आवाज उठ्न थालेको छ । यसैक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राहत वितरणमा पक्षपात भएको दाबि गर्नुभएको छ । उहाँले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित नागरिकका लागि संकलित राहत सामग्री वितरणमा गृहमन्त्री सुधन गुरुङनिकट संस्थाहरुलाईमात्र प्राथमिकता दिएकोभन्दै आपत्ति जनाउनुभएको छ । उहाँले गृहमन्त्री गुरुङ हामी नेपालका संस्थापक भएको र सो संस्थालाईमात्रै राहत वितरणको अवसर दिएकोभन्दै प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटवार्ताकोक्रममा त्यसोगर्नु ठीकनभएको बताउनु भएएको उहाँको सचिवालयले जनाएको छ ।

उहाँले स्थानीय निकाय, जिल्ला प्रशासन र राज्यले चीनेका संघसंस्थाहरुलाई राहत बाँड्न दिनुपर्ने बताउनुभएको छ । उहाँले रसुवामा राहत सामग्री नपुगेको गुनासो आएको बताउनुभएको छ । उहाँले नुवाकोटको विदुरमा राहत थुप्रिँदा भीषण बाढीबाट सर्वाधिक प्रभावित रसुवामा राहत नपुग्नु ठीक नभएको पनि बताउनुभएको छ । आङ्देम्बेले कांग्रेस पनि विपद्को समयमा राजनीतिक प्रचारभन्दा विशुद्ध मानवीय सेवामा केन्द्रित हुनुपर्ने बताउनु भएको छ ।

उहाँले नेपाल तरुण दल लगायत पार्टीका भातृ संस्थालाईसमेत पार्टीको झण्डाबोकेर राहत वितरण नगर्न निर्देशन दिइएको बताउनुभएको छ । उहाँले प्रधानमन्त्री वालेन्द्र शाहसँग भोटेकोशी र त्रिशूली बाढीले पुग बगेको भन्दै तत्कालका लागि तुइनको व्यवस्थागर्न आग्रह गरिएको पनि बताउनुभएको छ ।