काठमाडौं, २१ असोज । फ्रान्समा बिद्यार्थी आन्दोलन चर्किएको थाहा भएको छ । फ्रान्सेली समाचार संस्थाहरुका समाचार बिवरणअनुसार बिद्यालय प्रणालीका लागि थप स्रोतसाधनको मागगर्दै भएको उक्त आनदोलनप्रति समर्थन बढ्दो छ । हिजो मंगलबार वयस्क प्रदर्शनकारीले पनि ¥याली निकालेका थिएभने बिद्यार्थीले पुनः उच्च माध्यमिक बिद्यालयमा अवरोध गरिएको थियो । देशभरका सयौँ अन्य बिद्यालयजस्तै यो बिद्यालय पनि पहजो बन्द थियो ।

बिद्यालयमा तोडफोडका घटना बढ्नुकासाथै कर्मचारी, बिद्यार्थी र प्रहरी घाइते हुन थालेपछि प्रदर्शनको तीव्रता कमगर्न अधिकारीले गत सातादेखि बिद्यालय बन्दगर्न थालेका हुन् । हिजो अन्य शहर तथा नगरमा पनि प्रदर्शन भएको फ्रान्सेली सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपति इम्यानुएल म्याक्रोनको सरकारलाई समेत दबाबमा पारेको उच्च माध्यमिक बिद्यालयसम्बन्धी आन्दोलनको समर्थनमा मजदुर यूनियनको आह्वानमा झण्डा र प्लेकार्ड बोकेका प्रदर्शनकारी ¥यालीमा सहभागी भएका थिए । बिद्यालयमा अवरोध र प्रदर्शन सेप्टेम्बरको मध्यतिर पेरिस क्षेत्रबाट शुरुभएको थियो ।

त्यसपछि यो आन्दोलन अन्य शहर तथा नगरमा पनि फैलिएको हो । बिद्यार्थीले डेस्क र कुर्सीजस्ता आधारभूत सामग्रीको अभाव, वातानुकूलन नभएका कारण गर्मीमा अत्यधिक तात्ने कक्षाकोठा तथा केही अवस्थामा मुसाको समस्या रहेको गुनासो पनि गरेका छन् ।