
काठमाडौं, २२ असोज । भारतले एकजना बिवादास्पद ब्यक्तिलाई नेपालका लागि भारतीय राजदूत बनाउने तयारी गरेको थाहाभएको छ । उसले यसअघि भुटानमा राजदूत रहिसकेका सुधाकर दलेलालाई प्रस्ताव गरेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव कार्यकाल पूरागरेर स्वदेश फर्केपछि भारतले दलेलालाई नयाँ राजदूत बनाउने तयारीगरेको समाचार बाहिर आएको छ ।
भारतीय विदेश सेवामा रहेका दलेला सन् २०२२ देखि २०२५ सम्म भुटानमा राजदूत रहनुभएको थियो । त्यसअघि र पछि उनले नेपाल र भुटान हेर्ने भारतीय विदेश मन्त्रालयको नर्थ डिभिजनमा जिम्मेवारी पनि सम्हाल्नु भएको थियो । उहाँ सन् २००६–०७ मा विदेश मन्त्रालयको डाइरेक्टर (नर्थ) र २०१६–२०१९ मा ज्वाइन्ट सेक्रेटरी (नर्थ) रहनुभएको थियो ।
भारतीय विदेश मन्त्रालयको नर्थ डिभिजनमा नेपाल र भुटान पर्छ । यसअघि उहाँ इजरायल,ब्राजिल, बंगलादेश, स्विट्जरल्यान्ड र अमेरिकालगायत मुलुकमा काम गरिसक्नुभएको अनुभव छ । उहाँ विश्व व्यापार संगठन (डब्लुटिओ) मा भारतका उप स्थायी प्रतिनिधि पनि बन्नुभएको थियो । यसअघि भारतले नेपालमा राजनीतिक ब्यक्तिलाई राजदूत बनाउने प्रयास गरिरहेको प्रचार भएको थियो ।