काठमाडौं, २२ असोज । हाइटीको राष्ट्रपति तथा विधायी चुनाव भाँडिएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार हिंसा, राजनीतिक अस्थिरता र सुरक्षा संटबाट बर्षौदेखि गुज्रिरहेको हाइटीले यसवर्षको अन्त्यमा हुने भनिएको राष्ट्रपति तथा विधायी चुनाव अनिश्चितकालका लागि स्थगित गरेको थाहाभएको छ । अस्थायी निर्वाचन परिषद्ले चुनावी अभियानका लागि तोकिएको अवधि स्थगित गरिएको र नयाँ मिति सकेसम्म चाँडो सार्वजनिक गरिने जनाएको छ ।

राष्ट्रपति तथा विधायी चुनावको पहिलोचरण आगामी डिसेम्बर १३ र दोस्रो चरण सन् २०२७ को फेब्रुअरी २१ मा गर्ने तयगरिएको थियो । परिषद्का एक सदस्यले डिसेम्बर १३ को मिति कायम नरहेको पुष्टिगर्दै नयाँ समयतालिकामा काम भइरहेको बताउनु भएको छ । उहाँकाअनुसार मतदाता दर्ताभने जारी छ । जुलाई २० देखि यही सेप्टेम्बर छ सम्ममा करिब सात लाख ६९ हजार मतदाता दर्ता भएका छन् । हाइटीमा सन् २०१६ यता राष्ट्रिय चुनाव हुनसकेको छैन । सन् २०२१ मा हत्यागरिएका तत्कालीन राष्ट्रपति जोभेनेल मोइजको स्थानमासमेत निर्वाचित राष्ट्रप्रमुख चयन हुन नसकेको अवस्था छ । त्यसैले त्यहाँको चुनावलाई राजनीतिक नेतृत्व पुनःस्थापना र देशमा स्थिरता कायमगर्ने महथ्वपूर्ण कदमकारुपमा हेरिएको छ ।

सुरक्षा संकटका कारण देशभर निर्वाचन सञ्चालनगर्न कठिनाइ भएको बताउने गरिएको छ । गिरोहको नियन्त्रणमा रहेका धेरै नगरपालिकामा मतदाता दर्ता केन्द्र स्थापना हुनसकेका छैनन्भने धम्कीका कारण सडक बन्दहुँदा निर्वाचन सामग्री ढुवानीमासमेत समस्या भएको छ । अन्तर्राष्ट्रिय आप्रवासन संगठनकाअनुसार करिब एक करोड १० लाख जनसंख्या रहेको हाइटीमा हिंसाका कारण करिब १५ लाख मानिस आन्तरिकरुपमा विस्थापित भएका छन् ।