
काठमाडौं, २ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीलेसंसदको बैठक सुचारु गराउन कडा कदम चाल्ने भएको छ । रास्वपाद्वारा आफ्ना सांसदलाई पठाइएको निर्देशनअनुसार संसद् बैठकलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सांसदको अनुपस्थिति तथा बैठकबाट बाहिरिनुपर्ने कारणका लागि अनिवार्यरुपमा आवेदन दिनुपर्ने व्यवस्था गरेको छ ।
संसदको बैठकमा पूर्णरुपमा उपस्थित हुन नसक्ने, बैठकमा ३० मिनेटभन्दा ढिलो उपस्थित हुने, उपस्थित भएर बीचमा छाड्नुपर्ने वा बैठकका क्रममा बाहिर गएर पुनःफर्किनुपर्ने अवस्थामा संसदको बैठक अनुपस्थित आवेदन फारम अनिवार्यरुपमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । सो पार्टीले कुनै कारण संसदको बैठकमा उपस्थित हुननसक्ने वा माथि तोकिएकामध्ये कुनै पनि अवस्था आएमा अनिवार्यरुपमा आवेदन पेशगर्न आफ्नो पार्टीका सांसदलाई निर्देशन दिएको छ ।