काठमाडौं,६ मंसिर । आज भारतको भ्रमणमा जान लाग्नु भएका प्रधानमन्त्रि वालेन्द्र शाहलाई सुस्ताको आवाज दिल्ली पु¥याउन आग्रह गरेका छन् । नवलपरासी पश्चिमको सुस्ता बचाउ अभियानका संयोजक आदम खाँले प्रधानमन्त्री वालेन्द्र शाहलाई सुस्ताको आवाज दिल्ली पु¥याउन आग्रह गर्नुभएको हो । उहाँले प्रधानमन्त्री वालेन्द्रले आफ्नो भारत भ्रमणकाक्रममा सुस्ताको समस्या र त्यहाँका नागरिकको आवाज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष उठाउनुपर्ने दाबि पनि गर्नुभएको छ । नेपाल प्रेस यूनियनको केन्द्रीय कार्यसमितिको स्वागत तथा सम्मानमा आयोजित कार्यक्रममा बोल्दै खाँले प्रधानमन्त्री वालेन्द्रले सुस्ता बचाउ अभियानलाई बेवास्ता गरेको आरोप लगाउनुभएको थियो ।

सुस्ताको समस्या समाधानका लागि सरकारले चासो नदेखाएकोभन्दै उहाँले प्रधानमन्त्रीको भारत भ्रमणले सुस्ताबासीलाई थप त्रसित बनाएको दाबि पनि गर्नुभएको थियो । उहाँले सुस्ताबासी लामो समयदेखि दोहोरो समस्याको सामनागर्न बाध्यभएको बताउँदै एकातिर नारायणी नदीको कटानले बस्ती र जमिन जोखिममा परेको छभने अर्कोतिर भारतीय पक्षबाट विभिन्न किसिमका दुःख र सास्ती खेप्नुपरेको छ भन्नुभएको थियो । खाँले सुस्ताको सीमा रक्षाका लागि स्थानीय बासिन्दाले लामो समयदेखि संघर्षगर्दै आएको पनि बताउनु भएको थियो ।

उहाँकाअनुसार राजा महेन्द्रले सुस्ताको संरक्षण र सीमा रक्षाका लागि स्थानीय जनतालाई वीरताको भावना र हौसला प्रदानगरेपछि नेपाली नागरिक त्यहाँ बसोबासगर्दै आएका हुन् । सुस्ताको भूमि रक्षाका लागि स्थानीय बासिन्दाले निरन्तर संघर्ष गरिरहेको अवस्थामा सरकारले उनीहरुको समस्या र आवाजलाई प्राथमिकतामा राख्नुपर्ने अवस्था छ । उहाँले प्रधानमन्त्रीको भारत भ्रमणलाई सुस्ताको समस्या उठाउने अवसरकारुपमा लिनुपर्ने भएपनि सरकारले अभियानलाई नै बेवास्ता गरेको आरोप लगाउनुभएको थियो । सुस्ताबासीले भोग्दैआएका सीमा समस्या, नदी कटान र सुरक्षासम्बन्धी विषयमा नेपाल सरकारले गम्भीर पहल गर्नुपर्ने खाँको मागरहेको छ ।