काठमाडौं, २३ असार । भोजपुरका प्रेम शाक्य प्रत्येक बर्ष एक श्रष्टालाई प्रदान गरिँदैआएको ‘भोजपुर प्रतिभा पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । प्रतिष्ठानले भोजपुर प्रतिभा पुरस्कार हरेक बर्र्ष साहित्य, कला र संगीत क्षेत्रमा योगदानगर्ने ब्यक्तित्वलाई प्रदानगर्दै आएको छ । त्रिवेणी साहित्य प्रतिष्ठान भोजपुरले शाक्यलाई हिजो आइतबार एक कार्यक्रमबीच सम्मान तथा पुरस्कृत गरेको हो । ०४५ सालदेखि वाद्यवादककारुपमा अनवरत क्रियाशील शाक्यले विशेषतः नेवारी समुदायमा प्रचलित खीं, धा, धिमे, नाय्खी तथा हारमोनियम, तबला जस्ता वाद्यवादनका प्रशिक्षककारुपमा नेवारी, कला र संस्कृतिको संरक्षण र सम्वद्र्धनमा योगदान पु¥याउनु भएकाले उहाँलाई पुरस्कृत गरिएको पुरस्कार कोषका संरक्षक अमृका ताम्राकारले जानकारी दिनुभएको थियो । प्रतिष्ठानका संस्थापक अध्यक्ष श्याम तमोटले शाक्यलाई सम्मानपत्र तथा पुरस्कार राशी बापत् २२ हजार २२२ रुपैयाँ प्रदान गर्नुभउको थियो । पुरस्कृत शाक्यले नेवारी वाद्यवादन बजाउने सीप हस्तान्तरणका लागि स्थानीय स्तरमा नियमित र बिभिन्न जिल्लामा प्रशिक्षण समेत दिँदैआउनु भएको छ । ०१७ सालमा जन्मिनुभएका शाक्य भोजपुर नगरपालिका–१२ टक्सारका स्थानीय बासिन्दा हुनुहुन्छ ।