काठमाडौं,१९ साउन । क्रान्तिकारी कम्युनिष्ट पार्टी सम्बद्ध क्रान्तिकारी महिला संगठनले बहुबिवाहको बिरोध गरेको छ । सो संगठनकी संयोजक अम्बिका मुढभरीले एक बक्तब्य प्रकाशितगरी बिरोध गर्नुभएको हो । उहाँले बक्तब्यमा भन्नुभएको छ– ०८२ श्रावण १६ गते कानून मन्त्रालयका सचिवको भनाइ उद्धृतगर्दै बिभिन्न सञ्चार माध्यममा प्रकाशित ÷प्रसारित समाचारले हाम्रो संगठन क्रान्तिकारी महिला संगठन नेपालको गम्भीर ध्यानाकर्षण भएको छ। कानून मन्त्रालयले मुलुकी फौजदारी कार्यबिधी संहिता संशोधन बिधेयकमा बहुबिबाहलाई छुट दिने, बाल बिबाहको उमेर हद र यौन दुव्र्यवहारगर्नेको उमेर अनुसार कार्वाहीको सबालमा तयार गरेको मस्यौदा खेदजनक रहेको छ । बहुबिबाह केवल महिला माथिको हिंसा मात्र हैन ।

यो सामाजिक, सांस्कृतिक, आर्थिक, पारिवारिक दृष्टिकोणलेसमेत अनुचित र बिभेदकारी उत्पिडक सोच हो। नेपाली समाजमा महिला उत्पीडनका विरुद्ध भएका बिभिन्न चरणका महिला मुक्ति आन्दोलन, सामाजिक÷ राजनीतिक आन्दोलनको परिणाम स्वरुप ०७५ भदौ १ देखि लागूगरिएको मुलुकी अपराध संहिता अन्तर्गत बहु बिबाहलाई निषेधगर्ने कानून बिपरित अहिले छलफलमा रहेको संशोधन विधेयक पश्चगमनको संकेतका रुपमा हामीले लिएका छौं । एकाध सम्बन्ध र घटनाको हवला दिदै बर्तमान सरकार र कानून मन्त्रालयद्वारा थालिएको कदम कानूनी रुपमा हटाइ सकिएको महिला उत्पीडनलाई पुनः स्थापित गर्ने सामन्ति पितृसत्तात्मक शोचको उपज हो ।

बक्तब्यको अन्त्यमा यसले समाजमा झनै अराजकता र बिभेदलाई बढवा दिने हुनाले कानून संशोधन तत्काल खारेजगर्न जोडदार माग गद्र्छौ । अन्यथा हामी सरकारको प्रतिगमनकारी कामका विरुद्ध संघर्षमा उत्रन बाध्य हुनेछौ साथै सम्पूर्ण मुक्तिकामी महिला तथा सचेत जनसमुदायलाई प्रतिक्रियावादी सरकार विरुद्ध संघर्षमा उत्रन हार्दिक अव्हान गर्दछौं भनिएको छ । अन्य पार्टीका महिला संगठनहरुले पनि उपरोक्त प्रशंगको बिरोध गरेका छन् ।