काठमाडौं, ६ वैशाख । एमालेका अध्यक्ष केपी ओली उपचारपश्चात अस्पतालबाट घर फर्कनु भएको छभने अब बृहत् बाम एकताका लागि पहल हुने बताइएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार गराइरहनुभएका उहाँ उपचारपश्चात् हिजो घर फर्कनुभएको हो । शल्यक्रियापछि अध्यक्ष ओली चिकित्सकको निगरानीमा रहनुभएको थियो । उहाँको शल्यक्रियापछि घरमै आरामगर्न चिकित्सकले सुझाव दिनुभएको थाहाभएको छ ।
गत चैत ३० गते अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रियागरी पत्थरी निकालीएको थियो । गत चैत १४ गते अध्यक्ष ओली अस्पताल भर्ना हुनुभएको थियो । अध्यक्ष ओली अस्पतालमा रहँदै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल लगायतका नेताहरुले उहाँलाई भेटी बाम एकताको पहल थाल्नुभएको थियो । दाहालको प्रयास फेरी पार्टी एकताभन्ने रहेको छभने एमालेका नेताहरुले केही समयको कार्यगत एकतापछिमात्र पार्टी एकता हुनुपर्ने बताउनु भएको छ । एमालेका अध्यक्ष ओलीलेभने आफ्नो धारणा सार्बजनिक गर्नुभएको छैन ।