काठमाडौं, ६ वैशाख । अब जेन्जीहरले आयल निगम घेराउगर्ने भएका छन् । राष्ट्रिय जेनजी नगरिक अभियानले नेपाल आयाल निगम र सरकारलाई २४ घण्टे अल्टिमेटमसमेत दिएको छ । काठमाडौंमा एक पत्रकार सम्मेलनगरी पेट्रोलियम पदार्थमा भएको चरम मूल्य वृद्धिलाई नघटाए आयल निगमलाई घेर्ने चेतावनी दिइएको हो । राष्ट्रि जेनजी नगरिक अभियानका संयोजक सुनिल सिंहले पेट्रोलियम पदार्थको मूल्य २४ घण्टाभित्र समायोजन नगरे आयल निगम घेराउगर्ने चेतावनी दिनुभएको छ । उहाँले जनतालई पुरानाहरुको जन्जालबाट मुक्त गर्छुभन्ने नयाँहरुले जनतालाई महँगिको भारले थिच्ने, दुई तिहाईको उपहारले यहीँ हो ? भन्ने प्रश्न गर्नुभयो ।
उहाँले यदि सरकारले जनताको आवाज सुनेनभने आयल निगम बिरुद्ध सघर्ष गर्नेछौं पनि भन्नुभएको थियो । सिंहले चेतावनी दिँदै भने । सहसंयोजक अजय सोडारीले छिमेकी देशहरुमा पेट्रोलियम पदार्थको मूल्य यथावथ भए पनि नेपालमा अत्याधिक मूल्य वृद्धि गरिएकोप्रति आपत्ति जनाउनु भएको थियो । उहाँले छिमेकी भारतमा पेट्रोलको मूल्य ९५ रुपैयाँहुँदा नेपालमा २१९ हुनु लाजमर्दो विषय हो भन्नुभयो । ५० प्रतिशत कर छुट भनेर जनतामाथि महँगी थोपरिएको आरोप लगाउँदै सोडारीले कर छुटको नाटकगर्ने सरकार र आयल निगमलाई घेराउगर्न नपरोस् भन्नुभयो । दुई तिहाइको सरकारले जनतालाई न्याय देलान्भन्ने अपेक्षाकाबीच पेट्रोलियम पदार्थमा अस्वभाविक मूल्य वृद्धि गरेको बताउँदै सोडारीले पेट्रोलको प्रतिलिटर –१५७ बाट २१९ गएको छ, डिजेल÷मट्टितेलमा १४२ बाट २३७ पुगाएर सरकारले आफ्नो शक्ति देखाइदिएको बताउनु भयो । सरकारको जनविरोधी कार्यको व्यापक विरोध गर्नुको सट्टा सबै मौन रहेकोप्रति रोष व्यक्तगर्दै सोडारीले महँगी बढेको बडेई छ, मानौं यो सरकार र जनताको लागि मौन अवधि हो, यस्तो हुँदा पनि सबै चुपचाप छन् भन्नुभएको थियो । उहाँले परराष्ट्र र कुटनीति खलवलिँदै गएको, कालापानि लिपुलेकको भूमि अरु देशलेनै प्रयोगगर्न लागिरहँदा सबै चुपचाप रहेको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो ।
उहाँले हामि लास र दाष होइनौं, हाम्रो विवेक छ, लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको अपहरण सैह्य छैन, जनजीविका र जनताका आधारभूत समस्यामा हामी एक दिन त के, एक घण्टा पनि कुर्न तयार छैनौँ भन्नुभयो । जेनजी प्रकाश बमले जेनजी आन्दोलनको बलबाट आएको बालेन सरकार सिंहदरबारमा सर्बसाधारणलाई निषेध गरिएकोभन्दै तानाशाही कदमतिर उद्धत रहेको आरोप लगाउनु भएको थियो । जेनजी जनम सिंहले पेट्रोलियम पदार्थको मूल्य तत्काल समायोजन नगरिए कडा आन्दोलनगर्ने चेतावनी दिनुभएको थियो । जेनजी सुशिल बुढाथोकीले इन्धनको मूल्यलाई स्थिर नराखे सबैतिर महँगी आकाशिने भएकाले तत्काल मूल्य घटाउनुपर्ने बताउनुभएको थियो ।