
काठमाडौं, ६ माघ । नेपाली कांग्रेसमा सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवामाथि घोर अन्याय गरिएको छ । उहाँलाई जबरजस्त सभापतिबाट निष्काशन गर्नुकासाथै आगामी फागुन २१ मा हुने निर्वाचनका लागि उम्मेदवार बन्नबाटसमेत बञ्चित गरिएको छ । देउवा बिद्यार्थी कालदेखि जीवनको उत्तरार्धमासमेत नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदैआउनु भएको छ । ०४८ साल देखि हालसम्मका सबै निर्वाचनमा डडेलधुराबाट निर्वाचितहुँदै आउनुभएका देउवा यसपटक भने उम्मेदवार नहुने उहाँको सचिवालयले जनाएको छ । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभाको निर्वाचनका लागि आज प्रत्यक्षतर्फ मुलुकभर मनोनयन दर्ता हुँदैछ । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले निवर्तमान केन्द्रीय सदस्य डा.आरजु देउवालाई प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार नबनाउने भएको छ । यसअघि कैलाली क्षेत्र नम्बर पाँचबाट डा.देउवाको नाम सिफारिस भएको थियो ।
गगन कांग्रेसले कैलाली पाँचमा नरनारायण शाहलाई उम्मेदवार बनाएको छ । कांग्रेसले कैलाली पाँचबाट शाहसहित डा.राणा, डिल्लीराम पन्त र नृपबहादुर ओड सिफारिस हुनुभएको थियो । सभापति गगनकुमार थापाले सबै उम्मेदवारलाई ब्याक राखेर शाहलाई टिकट दिएको बताइन्छ । यसैबीच नेपाली कांग्रेसका नयाँ सभापति गगनकुमार थापाले विशेष महाधिवेशन विरुद्धको रिट फिर्ता गरेर रुख चिन्हमै चुनाव लड्न देउवा पक्षसँग शर्त राखेको विषयले बिवाद उत्पन्न भएको छ । कतिपय देउवापक्षीय नेताहरु समेत थापाबाट टिकट लिएर चुनावी मैदानमा होमिन तयार हुनभएपनि सभापति शेरबहादुर देउवाको सचिवालयले रिट फिर्ता नहुने स्पष्टपारेको छ ।
देउवाका स्वकीय सचिव भानु देउवाले प्रेस नोट जारीगर्दै नेपाली कांग्रेसले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन फिर्ता लिनेभन्ने गलत र भ्रामक समाचार केही सञ्चारमाध्यमहरुमा प्रकाशित भएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । रिट निवेदन फिर्ता नहुने र अदालतबाट निष्पक्ष न्याय सम्पादन हुनेमा नेपाली कांग्रेस अपेक्षित छ भन्नुभएको छ । निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पनि सामाजिक सञ्जालमार्फत अदालतमा विचाराधीन मुद्धा फिर्ता नहुने स्पष्ट गर्नुभएको छ ।
निर्वाचन आयोगको निर्णयविरुद्ध न्यायका लागि अदालत गएको उल्लेखगर्दै उहाँले ०८२ माघ दुईगते कांग्रेस पार्टीका सम्बन्धमा निर्वाचन आयोगले गरेको अवैधानिक निर्णयका विरुद्धमा ०८२ माघ चारगते सर्वोच्च अदालतमा हामीले न्याय प्राप्तिको लागि दर्ता गरेको रिट फिर्ता हुनेभन्ने समाचार पूर्ण रुपमा असत्य भएको म स्पष्ट पार्न चाहन्छु भन्नुभएको छ । उहाँ समेत यस पटक निर्वाचनमा उम्मेदवार नहुने बताइएको छ ।