काठमाडौं, ९ माघ । आज नेपाली कांग्रेसको गगन थापा समूहले केन्द्रीय कार्यालय कब्जागर्ने तयारी गरेको थाहाभएको छ । आज सोही स्थानमा बैठक बसेर गगन थापाले आफूले आफैलाई भाबि प्रधानमन्त्रिको उम्मेदवार घोषणागर्ने बताइन्छ । पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माको नामबाट जारी एक विज्ञप्तिमा बैठक आज शुक्रबार दिनको एकबजे पार्टी केन्द्रीय कार्यालय बिपीस्मृति भवन सानेपा ललितपुरमा बस्नलागेको बताइएको छ ।

बैठकमा भाग लिनका लागि थापा समूहका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । यसैबीच नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पछिल्ला घटनाक्रमका कारण आफ्नो पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रियसभा सदस्यसमेत रहनुभएका उहाँले हिजो पदबाट राजीनामा दिनुभएको पार्टी कार्यालयले जनाएको छ । नियमित र बिशेष महाधिवेशनबारे बिवाद भएपछि पौडेलले मुख्यसचिव पदबाट राजीनामा दिनुभएको बताइएको छ ।

नेपाली कांग्रेसको केन्द्रिय कार्य समितिको आधिकारिकताबारे सर्बोच्च अदालतमा मुद्धा बिचाराधिन रहेको छभने सो पार्टीका संस्थापन पक्षका सभापति शेरबहादुर देउवालाई आगामी फागुन २१ को निर्वाचनमा उम्मेदवार हुनबाट बञ्चित समेत गरिएको छ ।