काठमाडौं,११ माघ । एमालेका अध्यक्ष केपी ओलीले आफ्ना छलाख ६३ हजार संगठित सदस्यहरुलाई आगामी निर्वाचनको प्रचार प्रसारमा सक्रियरुपले परिचालित हुन पत्राचार गर्नुभएको थाहाभएको छ । उहाँले पार्टीका सबै संगठित सदस्यलाई एक पत्र लेख्दै एमालेका उम्मेदवारहरुलाई विजयी गराउन सबैलाई उच्च मनोबलसहित सक्रिय हुन आग्रह गर्नुभएको हो । पत्रमा अध्यक्ष अध्यक्ष ओलीले आसन्न निर्वाचनले देशलाई विनाशतर्फ धकेल्नेकि निर्माणको मार्गमा अघिबढाउने भन्ने बीचको हार जितको फैसलागर्ने उल्लेख गर्नुभएको छ । उहाँले पत्रमा देश निर्माणका लागि एमालेलाई बहुमतको आवश्यकता रहेको उल्लेख गर्नुभएको छ ।

अध्यक्ष ओलीले पत्रमा देश निमाणका लागि हाम्रो पार्टीलाई बहुमत आवश्यक छ । अतः बहुमतका लागि अपरिहार्य पार्टीका उम्मेदवारहरुको विजय सुनिश्चितगर्न कमरेडहरुको उच्च मनोबल र सक्रिय सहयोगको हार्दिक अपेक्षा गरेको छु भन्नुभएको छ । पार्टीको प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीकाअनुसार सबै पार्टी सदस्यहरुलाई निर्वाचन प्रचारमा सक्रियतापूर्वक लाग्नका लागि उत्साहित बनाउन अध्यक्ष ओलीले पत्र लेख्नुभएको हो ।

शाहीले ठूलो संख्यामा रहेका पार्टी सदस्यहरुलाई अध्यक्षज्यूले व्यक्तिगत पत्र लेखेर हौसला प्रदान गर्नुभएको छ । यसबाट पार्टीका संगठित सदस्यहरुले अध्यक्षसँग सिधा सम्पर्कको पनि अनुभूतिगर्ने विश्वास गरिएको छ भन्नुभयो । देशमा विध्वंस र आगजनीगर्नेहरुलाई चुनावी मैदानबाटै बिदा गरेर निर्माणको नेतृत्व गरेको एमालेले देशको नेतृत्व गर्नुपर्छ भन्ने सन्देश पार्टी सदस्यमार्फत आम मतदातामा पु¥याउनका लागि पनि पत्राचार गरिएको शाहीको भनाइ रहेको छ ।