काठमाडौं, १३ माघ । जनकपुरमा राजा आउ, देश बचाउको नारा लागेको छ । पूर्वराजा ज्ञानेन्द्र शाह हिजो जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिरमा पूजापाठका लागि पुग्नुहुँदा उक्त नारा लागेको हो । मन्दिरमा उहाँले विधिपूर्वक पूजा–अर्चनागर्दै देशमा शान्ति, समृद्धि र जनकल्याणको कामना गर्नुभएको जनाइएको छ । पूर्वराजा शाह धार्मिक विधिमासमेत सहभागी हुनुभएको थियो । उहाँको आगमनका क्रममा मन्दिर परिसरमा सर्वसाधारण तथा भक्तजनको उल्लेख्य उपस्थिति रहेको थियो ।

पूर्वराजा शाहले जानकी मन्दिरदेखि करिब ५०० मिटरको दूरीमा रहेको राम मन्दिरकोसमेत दर्शन गर्नुभएको थियो । उहाँले राजदेवी मन्दिरको पनि दर्शन गर्नुभएको थियो । त्यसैगरी हिजो साँझ गंगासागरमा आयोजना गरिएको गंगा आरतीमासमेत सहभागी हुनुभएको थियो ।