काठमाडौं, १६ माघ । निर्वाचन बहिष्कारको प्रचार गरेको आरोपमा क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका केन्द्रीय सदस्य पूर्णबहादुर खड्कालाई आज दिउँसो सिन्धुली जिल्लाको दुधौलीबाट पक्राउ गरिएको थाहाभएको छ । उहाँलाई दुधौली चोकमा कोणसभागरी पर्चा वितरणगर्दै हिँडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।
उहाँलाई कहाँ राखिएको छ र के कारवाही गरिँदैछ भन्नेबारे खुलेको छैन । क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका महसचिव सिपि गजुरेलले एक बक्तब्य प्रकाशितगरी आफ्नो पार्टीका नेताको शिघ्र रिहाईको माग गर्नुभएको छ ।