काठमाडौं,१७ माघ । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को एशिया क्षेत्र सन् २०२६ को सम्मेलन नेपालमा आयोजना हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । आगामी बैशाख तीन र चारगते काठमाडौँमा आइसिसी २०२६ को एशिया क्षेत्रीय सम्मेलन नेपालमा हुने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो । सम्मेलनमा एशिया क्षेत्रमा क्रिकेटको विकासका लागि रणनीतिक प्राथमिकता, विकास कार्यक्रम, शासनसम्बन्धी विषय र भावी दिशाबारे छलफल हुने क्यानले जनाएको छ ।

सम्मेलनमा आइसिसी एशियाका सदस्य राष्ट्रहरुका प्रमुख पदाधिकारी, प्रशासक र प्रतिनिधिहरुको सहभागिता रहने छ । रासस