काठमाडौं, १८ माघ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा देश र जनताको हितमा कामगर्ने व्यक्तिलाईमात्रै पठाउनुपर्ने बताउनुभएको छ । नेपाल मजदुर किसान पार्टीको ५२ औँ स्थापना दिवसका अवसरमा हिजो भक्तपुरका कानून अध्ययन समाजले आयोजना गरेको न्याय दृष्टि पुस्तक सार्वजनिकगर्दै उहाँले जनताको आफ्नो सही प्रतिनिधि चयनगर्न मतदाताको चेतनास्तरमा पनि वृद्धि हुनुपर्ने बताउनुभएको थियो ।

त्यसक्रममा अध्यक्ष बिजुक्छँेले जनताले मतदानमार्फत देश र जनताको हितमा काम गर्ने पार्टी र व्यक्तिलाई संसद्मा पठाउनुपर्छ, तब मात्र देश र जनताको हितमा काम हुन सक्छ । मतदान गर्नुअगाडि उम्मेदवारको पृष्ठभूमि हेरेर, उसको क्षमता बुझेरमात्रै मतदान गर्नुपर्छ । जनताको चेतनास्तर सुध्रन आवश्यक छ भन्नुभएको थियो । देशको पक्षमा कानून बन्न नसके संकट आउनेभन्दै उहाँले गलत कानून बनेमा संसद्मा लडेर भए पनि परिमार्जन गर्नुपर्ने बताउनुभएको थियो ।