काठमाडौं,२० माघ । नेकपा एमालेका उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले संविधानमाथि आक्रमण भएकोमा चिन्ता ब्यक्त गनुृभएको छ । प्रेस चौतारी नेपालले आज मंगलबार काठमाडौंमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले उपरोक्त कुरा बताउनु भएको हो । उहाँले पुरानो पार्टीहरु असान्दर्भिक भयोभन्ने हल्ला गलत भएको भन्दै पुराना पार्टीका कमजोरीहरुलाई बहाना बनाएर संविधानमाथि आक्रमण भएको बताउनु भएको थियो । उहाँले एमालेमाथिको आक्रमण नेपालको संविधान र राजनीतिक व्यवस्थामाथिको आक्रमण भएको दाबि पनि गर्नुभएको थियो । उहाँले पुराना पार्टीहरु असान्दर्भिक भएभन्ने जुन हल्ला आइरहेको छ, त्यो गलत हो । पूराना पार्टीका सानातिना कमि कमजोरीहरुलाई बहाना बनाएर, त्यसलाई माध्यम बनाएर जसरी नेपालको संविधानमाथि आक्रमण भइरहेको छ । नेपालको राजनीतिक व्यवस्थामाथि आक्रमण भइरहेको छ भन्नुभएको थियो ।
त्यसैगरी उहाँले वर्तमान अवस्थामा नेपालको स्वाधिनता र स्वतन्त्रता सबैभन्दा महत्वपूर्ण विषय भएकोभन्दै स्वाधिन र स्वतन्त्र नेपालको पक्षमा उभिएका देशभक्त नेपालीहरुको आफ्नो पार्टीलाई साथ र समर्थनगर्ने विश्वास लिएको पनि बताउनु भएको थियो । उहाँले अहिले नेपालको स्वाधिनता सबैभन्दा महत्वपूर्ण विषय हो । नेपाल रहे मात्र हामी रहने हो, नेपाल स्वतन्त्र भए स्वतन्त्र हुने हो । त्यसकारण स्वाधिन र स्वतन्त्र नेपालको पक्षमा हामी उभिएको हुनाले यो देशका सम्पूर्ण देशभक्त नेपालीहरुको साथ र समर्थन हाम्रो पार्टीलाई हुन्छ भन्ने विश्वास छ भन्नुभएको थियो ।
उहाँले नेपाली कांग्रेसमा नयाँ अनुहारहरु देखिए पनि नयाँ नीति र भिजन नभएकोभन्दै मुलुकलाई कसरी अगाडि बढाउन सकिन्छभन्ने कुरामा ठोस भिजन बोकेको पार्टी एमालेमात्र भएको दाबि पनि गर्नुभएको थियो ।