काठमाडौं, १८ माघ । झापा पाँचमा टुरिष्ट उम्मेदवारको निन्दा शुरु भएको छ । यसैक्रममा एमालेका केन्द्रीय सदस्य गोविन्द थापाले झापा पाँचमा प्रबेश गरेका टुरिष्ट उम्मेदवारको निन्दागर्दै आगामी फागुन २१ गते हुने निर्वाचनमा देश जोगाउने राजनीतिक शक्तिलाई जिताउनु पर्ने बताएउनुभएको छ । एमाले पशुपति टोल कमिटी दमक–८ को टोल भेलालाई सम्बोधनगर्दै उहाँले अहिलेको निर्वाचन मुलुक जोगाउने र मुलुकलाई जलाउने बीचको भिडन्त भएकोहुँदा देश जोगाउने दललाई जिताउन विगतकोभन्दा यसपटक धेरै मिहिनेत गर्न पनि कार्यकर्तालाई निर्देशन दिनुभएको थियो । पार्टीको पशुपति टोल कमिटी दमक–८ का अध्यक्ष सूर्यप्रसाद भेटवालको अध्यक्षतामा भएको सो भेलामा वडा कमिटी दमक–८ को संयोजकसमेत रहनु भएका नेता थापाले आफ्नो खुसीमा नभई विदेशीको इशारामा बालेन्द्र साह झापाको क्षेत्रनं. पाँचमा निर्वाचन लड्न आएको आरोप समेत लगाउनु भएको थियो ।

उहाँले मुलुकलाई विदेशी दलालको पञ्जाबाट जोगाउने प्रतिनिधि केपी ओलीलाई झापाको निर्वाचन क्षेत्रनं. पाँचका मतदाताले उम्मेदवार बनाएको बताउँदै विगतका निर्वाचनमा खटेकोभन्दा दोब्बर मेहनतकासाथ गाउँघरमा खट्न पनि कार्यकर्तालाई आग्रह गर्नुभएको थियो । उहाँले गत भदौ २३ गते जेनजी तोडफोडमा बन्द कोठामा बसेर कलिला स्कूले युवालाई तोडफोडमा उक्साउने को हुन् ? भन्ने खुलेकाले त्यस्तालाई किनारा लगाउनुपर्ने बताउनु भएको थियो ।

उहाँले गत भदौ २४ गते विदेशी तत्वले मुलुकभरका सरकारी संरचना, व्यक्ति र नेताहरुको घर छानी छानी म्याप हेरेर ध्वस्तपारेको घटनाको विषय गाउँ टोलका बासिन्दालाई बुझाउन पनि थापाले अनुरोध गर्नुभएको थियो ।