निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई

काठमाडौं, १९ माघ । निर्वाचन आयोगमा हालसम्म आचार संहिता उल्लघन सम्बन्धी २३ वटा उजुरी दर्ता भएका छन्भने १२ जनालाई स्पष्टीकरण सोधिउको थाहाभएको छ । आयोगमा हिजो आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले स्पष्टीकरण सोधिएका उजुरीमध्ये १२ वटाको जवाफ आइसकेको जानकारी दिनुभएको थियो । उहाँकाअनुसार कानूनी प्रावधानअनुसार सफाइको अवसर नदिई कारवाहीगर्न नपाइने भएकाले आयोगले पहिला स्पष्टीकरण सोध्ने प्रक्रिया अपनाएको बताउनु भएको थियो । उहाँले आयोगले कारवाही गर्नुअघि अनिवार्य रुपमा स्पष्टीकरण सोध्नुपर्छ । चित्तबुझ्दो जवाफ आएमा सफाइ दिइन्छ ।

यदि चित्तबुझ्दो जवाफ आएनभने कारवाही गरिन्छ भन्नुभएको थियो । निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी तथ्यसहितका उजुरी तथा गुनासो दर्तागर्न आयोगले छुट्टै इमेल ठेगाना समेत सार्वजनिक गरेको छ । ‘ईसीएम डट सीओसी एड द रेट इलेक्सन डट जीओभी डट एनपी’ इमेलमार्फत आयोगमा उजुरी तथा गुनासो पठाउन सकिने व्यवस्था गरिएको प्रवक्ता भट्टराईको भनाई थियो ।