काठमाडौं, २१ माघ । आगामी निर्वाचनका सन्दर्भमा सामाजिक सञ्जालको दुरुपयोग भएको आवाज उठिरहेकै बेला बर्तमान सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसद्बाट फिर्तागर्न स्वीकृति दिएको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमनगर्ने सम्बन्धमा व्यवस्थागर्न बनेको विधेयक–०८१ संसदबाट फिर्ता लिन स्वीकृति प्रदानगर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभएको छ ।
राष्ट्रियसभाको १७ औँ अधिवेशनमा दर्ता भएको उक्त विधेयक हाल राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा विचाराधीन अवस्था रहेको छ ।