काठमाडौं, २१ माघ । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्धामा पेशी तोकिएन । सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै १७ वटा रिट निवेदन दर्ता छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमा आगामी २८ गतेलाई साधारण तारेख तोकेको छ ।
हिजो मंगलबार तोकिएको तारेखमा आएका निवेदकलाई सर्वाेच्चले अर्काे साधारण तारेख दिएको हो । यसअघि सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी रिटहरुमाथि प्रारम्भिक सुनुवाइगर्दै विपक्षीसँग लिखित जवाफ मागेको थियो । सबै सम्बन्धित निकायबाट लिखित जवाफ आइनपुगेकाले सुनुवाइ प्रक्रिया अघिबढ्न नसकेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।