काठमाडौं, २३ माघ । नेकपा(मसाल) सम्बद्ध अखिल नेपाल युवक संघको आज माघ २३ बाट २५ गतेसम्म रुपन्देहीको बुटवलमा हुने भनिएको सम्मेलन स्थगित गरिएको थाहाभएको छ । समितिका अध्यक्ष गणेश अधिकारीले समितिको तर्फबाट हिजो एक वक्तव्य जारि गरि देशीय राजनीतिक अन्योलताको अवस्था र देश चुनावमय भएको अवस्थामा हाललाई केन्द्रीय सम्मेलन तत्काल आयोजना गर्न सम्भव नभएकाले अर्को मितिपछि तयगर्नेगरी सम्मेलन हाललाई स्थगित गरिएको बताउनु भएको छ । बक्तब्यमा भनिएको छ– अखिल नेपाल युवक संघको यही माघ २३–२५ गते बुटवलमा आयोजनागर्ने भनिएको आठौं केन्द्रीय सम्मेलन भाद्र महिनाको १३ र १४ गते बसेको केन्द्रीय समितिको बैठकको निर्णयअनुसार तयगरिएको थियो । तर भाद्र २३–२४ को जेनजी प्रदर्शनकोक्रममा राष्ट्रले इतिहासमै नभोगेको मानवीय तथा भौतिक क्षेती भोग्न पुग्यो ।
जसमा ७३ जनाले ज्यान गुमाउन पुगेभने देशको लामो इतिहास बोकेका सिंहदबार, सर्वोच्च अदालत जस्ता अन्य थुप्रै सार्बजनिक भौतिक संरचनार्चनासमेत धस्त हुन पुगे । जसको परिणाम देशको राजनीतिक अवस्थामा एकाएक परिबर्तन आइ एकातर्फ पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार गठनहुन पुग्यो । यसरी असंबैधानिक रुपमा बनेको सरकार र त्यसले गरेको संसद् विघटनको सिफारिसले रास्ट्रपति मार्फत संसद विघटन गरेर उक्त सरकारले फागुन २१ को निर्वाचन घोषणा गरि यही माघ ६ गते उम्मेदवारी दर्ता समेत गरिसकेको छ । देश निर्वाचनमा होमीइसकेको अवस्था छभने अर्को तर्फ सर्वोच्च अदालतमा संसद् पुनःस्थापना सम्बन्धी रिट दर्ताका कारण देश गम्भीर राजनीतिक अन्योलमा प्रवेश गरेको अवस्था छ । बक्तब्यको अन्त्यमा यी सबै घटनाक्रमलाई नियाल्दा देशभित्रको आन्तरिक समस्या र विश्वव्यापी रुपमा बढ्दो अन्तर्राष्ट्रिय भू–राजनीतिक तनाव, साम्राज्यवादी शक्ति संघर्ष र हस्तक्षेपको बढेकाले नेपालजस्तो सानो र संवेदनशील मुलुकमा थप चुनौती सिर्जना हुनपुगेको छ ।
तसर्थ देशीय राजनीतिक अन्योलताको अवस्था र देश चुनावमय भएको अवस्थामा हाललाई केन्द्रीय सम्मेलन तत्काल आयोजना गर्न सम्भव नभएकाले अर्को मितिपछि तयगर्नेगरी सम्मेलन हाललाई स्थगित गरिएको जानकारी यसै वक्तव्यमार्फत सार्वजनिक गर्दछौँ भनिएको छ ।