काठमाडौं,२३ माघ । एमालेका अध्यक्ष केपी ओली आज गृहजिल्ला झापा पुग्नुहुँदा भब्य स्वागत भएको छ । आज उहाँ हवाइमार्गहुँदै झापाको भद्रपुर विमानस्थल पुग्नुभएको हो । उहाँलाई भद्रपुर विमानस्थलमा भव्य स्वागत गरिएको थियो । त्यसक्रममा उहाँले आफूसँग कोही भिड्न आउँछु भन्छभने त्यो कुरालाई सधैँ स्वागत गर्ने बताउनुभएको थियो । उहाँले नयाँ भाई, भतिजा, छोराहरुको पुस्ता सिक्छु, राजनीतिमा लाग्छु भन्छ भने त्यसलाई नराम्रो मान्नुपर्ने कुरा नभएको दाबि पनि गर्नुभएको थियो ।
उहाँले युवाहरु निर्वाचनको प्रचारमा लागेका छन् सूर्यलाई जिताउँ भनेर, सूर्यको जित निश्चित छ । उहाँले झापालाई सूर्यमय बनाउनुपर्ने भन्दै त्यसका लागि योगदानगर्न सबै जिल्लाबासीलाई आग्रह पनि गर्नुभएको थियो । उहाँ अब गृह जिल्लामा चुनाव प्रचारमा केन्द्रित हुने बताइएको छ ।